आईपीएल क्रिकेटका बाँकी खेलहरु यूएईमा हुने पक्का
नेपालखोज
२०७८ जेठ १५ गते १५:०२

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेलहरु यूएईमा हुने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले कोरोना महामारीका कारण रोकिएका बाँकी खेल आगामी सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा हुने निर्णय गरेको हो ।
भारतमा कोरोना महामारी कम हुँदै गएपनि खराब मनसुनका कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुनसक्ने बताउँदै यूएईमा गर्ने प्रस्ताव पारित गरिएको बीसीसीआईका सचिव जय शाहले बताए ।
भारतमा कोरोना महामारी बढ्दै गएपछि मे ४ तारिखदेखि आईपीएलका खेल रोकिएका थिए । खेल रोकिएपछि खेलाडीहरु स्वदेश फर्किइसकेका छन् । बाँकी खेलको खेलको तालिका भने केही दिनमै सार्वजनिक गरिने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया