आइतबार, असार २२, २०८२

सरकारको बजेटमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण प्राथमिकतामा

नेपालखोज २०७८ जेठ १५ गते १६:२३

काठमाडौं । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थीक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

बजेट प्रस्तुतीको सुरुवातमै उनले बजेटको मुख्य उदेश्य कोभिड-१९ रोकथाम तथा नियन्त्रण नै रहेको बताएका हुन् ।

सिंहदरबारमा आयोजित बजेज सार्वजानिक कार्यक्रममार्फत बजेट भाषण गर्दै उनले १६ खर्बको बजेट प्रस्तुत गरिरहेका छन् । मेलम्चि खानेपानी, माथिल्लो तामाकोशी, ढल्केवरलगायतका आयोजना सम्पन्न हुनु सरकारको सफलता भनेका छन् ।

सरकारले सिफारिसमा राष्टिपति विद्यादेवी भण्डारीबाट बजेटसम्बन्धी अध्यादेश जारी भएसँगै अर्थमन्त्रीले बजेट भाषण सुरू गरेका हुन् ।

प्रतिक्रिया