मंगलबार, वैशाख १६, २०८२

चाैबीस घण्टामा ६ हजार ८० कोरोना संक्रमण मुक्त, ४,४८७ संक्रमित थपिए

नेपालखोज २०७८ जेठ १५ गते १६:४०

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ६ हजार ८० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ । 

यसैबीच, कोभिड संक्रमणबाट पछिल्लो चाैबीस घण्टामा ११६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ । 

प्रतिक्रिया