सोमबार, असार २३, २०८२

अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा भन्सार र भ्याटमा छुटको घोषणा

नेपालखोज २०७८ जेठ १५ गते १६:५४

काठमाडाैं । सरकारले एक सयभन्दा बढी शय्या भएका अस्पतालमा अनिवार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हु्न् ।

यस्तै सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । 

यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गर्दा लाग्ने लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने पनि बजेटमा उल्लेख छ ।

यस्तै कोरोना महामारीको अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरूलाई ५० प्रतिशत छुट दिने अर्थ मन्त्री पौडेलले बताए ।  

प्रतिक्रिया