रेल सेवाका लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन
नेपालखोज
२०७८ जेठ १५ गते १८:११

काठमाडाैं । सरकारले रेल सेवाका लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलको लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन गरेकाे जानकारी गराएका हुन् ।
आउँदाे आर्थिक वर्ष जयनगर-जनकपुर-कुर्ता-बिजलपूरा र जोगवनी-विराटनगर खण्डमा रेल सेवा सुरु गर्ने, बर्दिबास स्टेशनको निर्माण सुरु गर्ने, काठमाडाैंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन लगायतका कार्यक्रम समेटिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया