कोरोनाका नयाँ संक्रमित भेटिएसँगै चीनको ग्वाङजाओमा लकडाउन

चीन । चीनमा कोरोना भाईरसका १६ जना नयाँ संक्रमित भेटिए पछि ग्वाङजाओका केहि स्थानमा लकडाउनको घोषणा गरिएको छ ।
चिनको राष्ट्रीय स्वास्थ्य आयोग (एनएचसी) का अनुसार ती मध्ये २ वटा केश चीनको दक्षिणमा अवस्थित ग्वाङदोङ प्रान्तको हो जुन हंङकङसँग जोडिएकोछ । आयोगका अनुसार संक्रमणका अन्य केश संभवत विदेशबाट संक्रमित भएर आएकाहरु हुन् ।
एनएचसीका अनुसार चीनको मुख्य भूभागमा संक्रमणका कुल ९१०६१ केश रहेका छन जसमा मृतकको संख्या ४६३६ छ । चीनको दक्षिणी प्रान्त ग्वांङजाओका केहि क्षेत्रमा कोरोना भाईरस संक्रमणका केही संक्रमित देखिए पछि शनिवारदेखि त्यहाँ प्रतिबन्धका आदेशहरु जारी गरिएका छन भने नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ ।
हङकङको उत्तरमा अवस्थित डेढ करोड जनसंख्या भएको व्यापारिक एवं औद्योगिक सहर ग्वांङजाओमा गत साता कोरोनाका २० नयाँ संक्रमित फेला परेका थिए । ग्वांङजाओ नेपालसँग सोझो व्यापारिक सम्बन्ध भएको सहर हो ।
ग्वांङजाओका सरकारी अधिकारीहरुले हाललाई सावधानी अपनाउनु पर्ने भएपनि त्यहाँ कोरोना संक्रमणको स्थिति नियन्त्रमा रहेको बताएका छन् ।
प्रतिक्रिया