मंगलबार, वैशाख १६, २०८२

थाइल्यान्डले सहयोग गरेको स्वास्थ्य सामग्री आज आउँदै

नेपालखोज २०७८ जेठ १६ गते ७:०५
-फाइल तस्बिर

काठमाडौं । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न थाइल्यान्डले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । थाइल्यान्डले सहयोग गरेको ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटरसहित १० किसिमका स्वास्थ्य सामग्री आज नेपाल आइपुग्ने भएको हो ।

थाइल्यान्डले विमान चार्टर्ड गरी ती सामग्री ल्याउन लागिएको हो । बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सामग्री थाइल्यान्डका राजदूतले हतान्तरण गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल आउन लागेको उक्त सामग्री लिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वाथ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठ विमानस्थल पुग्ने कार्यक्रम छ ।

नेपालमा कोभिडको दोस्रो भेरियन्टको संक्रमण अत्यधिक बढ्दै गइरहका समयमा अक्सिजनलगायत स्वास्थ्य उपचारका सामग्रीहरुको अभाव भए पछि दातृ निकायहरुलाई सहयोगको अपिल गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य सामग्री सहयोगको अपिल गर्दै थाई नरेशलाई नेपाली दूतावासमार्फत पत्र पठाएकी थिइन् । सोही पत्रको र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको सूचीका आधारमा थाइल्यान्डले नेपाललाई स्वाथ्य सामग्री उपलब्ध गराएको हो ।

प्रतिक्रिया