सुनकाे मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ १६ गते ११:४३

काठमाडौं । नेपाली बजारमा आज सुन दुई सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन अस्ति (शुक्रबार) तोलाको ९३ हजार आठ सय रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया