नेकपा एमालेद्वारा स्थायी कमिटी बैठक आह्वान
नेपालखोज
२०७८ जेठ १६ गते १३:०३

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएकाे छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जाइएकाे छ ।
यसैबीच बैठकमा शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया