मंगलबार, असार २४, २०८२

राष्ट्र बैंक भोलि २६ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै

नेपालखोज २०७८ जेठ १६ गते १५:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) २६ अर्ब १३ करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिती जेठ १८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको पुरानो नवीकरण अन्तरगत तीन अर्ब १३ करोड र नयाँ पाँच अर्बसमेत गरी आठ अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको नयाँ छ अर्ब र तीन सय ६४ दिने अवधिको पुरानो नवीकरण अन्तरगतको १२ अर्ब रुपैयाँ समेत गरी कुल २६ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्न लागिएको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ भदौ १५ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ मंसिर १४ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ जेठ १७ गते तोकिएको छ । यसअघि यही जेठ १० गते पनि राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया