एमाले स्थायी कमिटी बैठक साेमबार बिहान १० बजेसम्मका लागि स्थगित

नेपालखोज २०७८ जेठ १६ गते १६:१८

काठमाडाैं । नेकपा एमालेकाे स्थायी कमिटी बैठक साेमवार बिहान १० बजेसम्मका लागि स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतवार) बेलुका ५ बजे बैठक बोलाइएकाे भए पनि भाेलि बिहान १० बजेसम्मका लागि स्थगित भएकाे नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने बताइएकाे थियाे ।

यस्तै शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने तय भएकाे एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए थिए ।

प्रतिक्रिया