चौबीस घण्टामा ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार २०५ जना डिस्चार्ज

नेपालखोज २०७८ जेठ १६ गते १६:४९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट  १७८४ जनाको परीक्षण गर्दा कुल ४ हजार ३६९ जनामा काेराेना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना डिस्चार्ज भएका छन् । भने २४ घण्टामा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सरकारले केही दिनयता परीक्षणकाे मात्रा पनि घटाइएकाे छ । एकै दिन झन्डै २० हजारसम्मकाे नमुना परीक्षण हुने गरेकाेमा अहिले त्यसकाे आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएकाे छ । 

प्रतिक्रिया