मंगलबारदेखि कतारमा नियमित उडान खुल्ने

नेपालखोज २०७८ जेठ १६ गते १७:१७

काठमाडौं । सरकारले मंगलबार अर्थात आउँदो जेठ १८ गतेदेखि कतारको लागि नियमित उडान खुल्ने भएकोछ । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएका हुन् ।

नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन् ।

त्यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरु पनि केही स्वास्थ्य मापदण्डका साथ सहजै स्वदेश फर्किन सक्ने छन् । यसरी अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

प्रतिक्रिया