सोमबार, असार २३, २०८२

अर्थमन्त्रीकाे दाबी- मतदाता प्रभावित पार्न बजेट ल्याएकाे हाेइन

नेपालखोज २०७८ जेठ १६ गते १७:४४

काठमाडाैं । सरकारले मतदाता प्रभावित पार्नका लागि बजेट नल्याएकाे बताएकाे छ । आउँदाे आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटकाे सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले यस्ताे बताएका हुन् । 

उनेले सरकारले प्रभावकारी पहल कदमीको साथमा नेपाली नागरिकलाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढङ्गले सरकारले काम गर्ने प्रतिबद्धता जनाउए ।

खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजस्वकाे लक्ष्यहरू निर्धारण गरिएको स्पष्ट पारे । उनले सरकारले मतदाता प्रभावित पार्न नभइ अभिभारा पूरा गर्न बजेट ल्याएको बताए ।

उनले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोस्राे देश भए जसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्दर्भमा पनि तुलनात्मक रूपमा नेपाल अग्रपङ्क्तिमा उभिने विश्वास व्यक्त गरे ।

बजेटमा नागरिकको जीवन रक्षाका लागि सम्पूर्ण स्रोत, साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिबद्धताका साथ सरकार प्रस्तुत भएको उनले उल्लेख गरे।

प्रतिक्रिया