वाग्मती प्रदेशको अधिवेशन शोक प्रस्ताव पारित गर्दै सकियो

नेपालखोज २०७८ जेठ १६ गते १९:१३

काठमाडौं । वाग्मति प्रदेशको आठौं अधिवेशनको पहिलो बैठक ३ मिनेट बसेर सकिएको छ । आज बसेको आठौँ अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको हो ।

बैठकको कार्यसुची ५ वटा राखिएको भएपनि प्रदेशसभा सदस्य पशुपती चौलागाँईको शोक प्रस्ताव गरेर समापन गरिएको छ ।

आजको लागि सभामुखले प्रदेश प्रमुखको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, शहिदहरुप्रति मौन धारण गर्ने, मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी पत्र पढेर सुनाउने, दलका नेता तथा प्रतिनीधिले आठौ अधिवेशनको सफलताको शुभकामना दिने कार्यसुची रहेको थियो । अर्को भोलि बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया