विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ अवस्था चिन्ताजनक

नेपालखोज २०७८ जेठ १६ गते १९:३८

काठमाडौं । विवेकशील पार्टीका नेता उज्वल थापाको स्वास्थ अवस्थामा सुधार आउन सकेको छैन् । दुई हप्तादेखि कोरोना संक्रमित उहाँको अवस्था गम्भिर बनेपछि मेडिसिटी हस्पिटल लगिएको थियो ।

उनको इसीएमओ प्रविधिबाट उपचार भइरहे पनि अवस्थामा सुधार आउन नसकेको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले जानकारी दिएका छन् ।

‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ, डाक्टरहरूले सकेको गरिरहेका छन् मिश्रले सामाजिक सञ्जालमा लखेका छन् । उनको उपचारका लागि देश विदेशबाट ५० लाखभन्दा धेरै सहयोग जुटिसकेको छ । थापाले नेपालमा वैकल्पिक राजनीतिक दल स्थापना गर्न महत्वपुर्ण भूमिका खेलेका बताइन्छ।

प्रतिक्रिया