विश्वभर पछिल्लाे चौबीस घण्टामा ४ लाख कोरोना संक्रमित थपिए, ८ हजारको मृत्यु
नेपालखोज
२०७८ जेठ १७ गते ७:३०

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ९८ हजार ८११ जना संक्रमित थपिएका छन् ।
थपिनेमध्ये सबैभन्दा धेरै भारतका १ लाख ५३ हजार ४८५ जना छन् । त्यसैगरी ब्राजिलमा ४३ हजार ५२०, अर्जेन्टिनामा २१ ह्जार ३४६, रुसमा ९ हजार ६९४, फ्रान्समा ८ हजार ५४१, अमेरिकामा ७ हजार ७५० जना नयाँ संक्रमित भेटिएका छन् ।
यसैसरी पछिल्लो २४ घण्टामा ८ हजार ३१९ जना संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेको संख्या पनि भारतमा सबैभन्दा धेरै छ । जहाँ ३ हजार १२९ को मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ९५०, अर्जेन्टिनामा ३४८, रुसमा ३५५ र अमेरिकामा १२४ जनाको मृत्यु भएको छ ।
ओल्डोमिटरकाअनुसार हालसम्म कुल संक्रमितको संख्या १७ करोड ११० लाख १७ हजार वढि पुगेको छ । तीमध्ये १५ करोड ३२ लाख ८४ वढि निको भइसकेका छन् । मृत्यु हुनेको संख्या भने ३५ लाख ५६ हजार धेरै छन् ।
सम्बन्धित
प्रतिक्रिया