जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग छलफलमा

नेपालखोज २०७८ जेठ १७ गते १०:५४

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जनाइएकाे छ ।

ओलीसँगको भेटमा जसपाका अन्य मागका विषयमा छलफल भएको छ । जसपाले नागरिकता, संविधान संसोधन, मधेस आन्दोलनका क्रममा झुटा आरोप लगाएर पक्राउ गरिएका कार्यकर्ताहरूको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै आएको थियो ।

प्रतिक्रिया