सोमबार, असार २३, २०८२

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ जेठ १७ गते ११:०३


काठमाडौं । नेपाली बजारमा आज सुन दुई सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ९४ हजार रुपैयाँ कारोबार भएको थियो । त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया