‘वैधता गुमाइसकेको सरकारले बजेटमार्फत जनताको आँखामा छारो हाल्ने काम गर्‍यो’

नेपालखोज २०७८ जेठ १७ गते १५:०१

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गरि वैद्यता गुमाइ सकेको सरकारले सार्वजनिक गरेको बजेटले जनताको आँखामा छारो हाल्ने काम मात्रै भएको आरोप लगाएको छ ।

सरकारले शनिबार सार्वजनिक गरेको बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस संसदीय दलले अनेकौं छलछाम र प्रपन्च रचेर प्रतिनिधि सभा विघटन गरि वैद्यता गुमाइ सकेको सरकारले सार्वजनिक गरेको बजेटले सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताका प्रतिनिधि बेगर गर्न पाइँदैन भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यता विपरित रहेको आरोप लगाएको छ ।

भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यन्वयन सम्भव नरहेको पनि कांग्रेसको ठहर छ । आगामी वर्ष नागरिक माथिको ऋण भार थप बढ्ने बताउँदै कांग्रेसले सरकारले अनुत्तरदायी व्यावहार र आचरणको पराकाष्टा नाघेको आरोप लगाएको छ ।

प्रतिक्रिया