मंगलबार, वैशाख ३०, २०८२

‘युरो कप-२०२०’ को खेल तालिका सार्वजनिक

नेपालखोज २०७८ जेठ १७ गते १६:३४

काठमाडौं । ‘यूरो कप-२०२०’ को खेल तालिका सार्वजनिक भएको छ । फुटबल पावर यूरोपका बलिया फुटबल टिमबीच हरेक चार–चार वर्षमा खेलाइने यूरो कप फुटबल यहि जेठ २८ गते शुक्रबार प्रारम्भ हुँदैछ ।

युरोपका विभिन्न ११ सहरमा खेलाइन युरो कप असार २७ गते आइतबारसम्म (जुन ११ देखि जुलाई ११ सम्म) चल्नेछ । यो यूरो कपको १६ औं संस्करण हो । यूरो कप फुटबल -२०२१ मा २४ वटा मुलुकले सहभागिता जनाउँदै छन् । यो संस्करण २०२० मै हुनु पर्ने भएपनि कोरोनाका कारण २०२१ मा हुँदैछ तर यसलाई युरो कप -२०२० नै भनिएको छ ।

युरो कपको समूह- ‘ए’ मा इटाली, टर्की, वेल्स तथा स्विजरल्याण्ड, समू – ‘बी’ मा डेनमार्क, फिनल्याण्ड, बेल्जियम तथा रसिया, समूह- सी मा नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया तथा नर्थ म्यासेडोनिया, समूह- ‘डी’ मा इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड तथा चेक रिपब्लिक, समूह- ‘ई’ मा स्पेन, स्विडेन, पोल्याण्ड तथा स्लोभाकिया, समूह- ‘एफ’ मा हंगेरी, पोर्चुगल, फ्रान्स तथा जर्मनी रहेका छन् ।

पहिलो खेल अन्तरगत जेठ २९ गते शनिबार (१२ जुन) मा समूह ‘ए’ को टर्कीविरुद्ध इटालीले प्रतिस्प्रार्धा गर्नेछ । दोस्रो खेलमा समूह ‘ए’ को वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्ले प्रतिस्प्रार्धा गर्नेछ । त्यस्तै, तेस्रो खेलमा समूह ‘बी’ को डेनमार्कविरुद्ध फिनल्यान्डले प्रतिस्प्रार्धा गर्नेछ । चौंथो खेलमा समूह ‘बी’ को बेल्जियमविरुद्ध रसियाले प्रतिस्प्रार्धा गर्नेछ ।

प्रतिक्रिया