शुक्रबार, जेठ ४, २०८१

चाैबीस घण्टामा ६,४९१ जना डिस्चार्ज, ४,७६२ संक्रमित थपिए

नेपालखोज २०७८ जेठ १७ गते १७:५०

काठमाडाैं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप चार हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् भने ६ हजार ४ सय ९१ जना डिस्चार्ज भएका छन् । त्यस्तै ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चाैबीस घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १०६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया