शुक्रबार, वैशाख १४, २०८१

‘चलचित्र क्षेत्र कहिले नउठ्ने गरी थला पर्ने निश्चित’

नेपालखोज २०७८ जेठ १७ गते १८:१७
No description available.

काठमाडाैं । चलचित्र निर्माता एवं कलाकार अशाेक शर्माले सरकारद्वारा प्रस्तुत बजेटले चलचित्र क्षेत्रलाई पुरै बेवास्ता गरेकाे भन्दै आक्रोश व्यक्त गरेका छन ।

शर्माले भनेकन छन्, याे काेभिड काल मै पटक-पटक मन्त्रि लगायत सरकारका प्रतिनिधिहरु लाई भेटि दिएको सुझाब को हबिगत यहि हो ? यदि सरकारको यहि ताल हो भने चलचित्र क्षेत्रको भविश्य अन्धकार छ ,याे क्षेत्र कहिले नउठ्ने गरी थला पर्ने निश्चित छ ।

शर्माले करिब ४० वटा चलचित्र निर्माण सम्पन्न भई प्रदर्शनका लागि तयार भएको करिब २ वर्ष भई सक्यो (छाँयाकन देखि प्रदर्सन सम्म को समय ) एउटा चलचित्रको लगानी सालाखाला २ करोड हुन आउँछ भन्दै चलचित्र निर्माणमा लागेकाे करिब १ अरब को लगानी अहिले जोखिममा परेकाे उल्लेख गरेका छन् ।

उनले भनेका छन, चलचित्र नबने पछि कलाकार, प्राबिधिक, लेखक, संगीतकार, गायक, गायिका लगायत अन्य सबै बेरोजगार भएको त्यतिनै समय भैसकेको छ. शर्माका अनुसार बनिसकेका चलचित्र र काेभिड अघि बन्न तयार बसेका चलचित्रहरुमा वितरक ले अग्रिम भुक्तानी वापत लगानी गरेको करोडौ रुपैयाँ पनि जोखिममा छ ।

अहिले करिब २२ वटा चलचित्र हल बन्द भैसकेका छन भने अरु करिब ३० देखि ४० वटा सिनेमा हल कहिले नखुल्ने गरी सधैका लागि बन्द हुन लागेका छन भन्ने जानकारि दिदै उनले सिनेमा हलहरुको लगानी खरबौमा छ र त्यो पूर्ण रुपमा जोखिममा परेकाे बताएका छन ।

शर्माले भनेका छन- हाल चलचित्र क्षेत्रको यथार्थ यहि हो अब मूल कुरा, के सरकार को यसमा ध्यान जानु जरुरि थिएन ? अन्तमा शर्माले बजेटमा अहिले पनि फेर बदल गर्ने समय छ , असार मसान्त सम्म संविधान को व्यवस्था अनुसार समग्र चलचित्र क्षेत्रलाई पुन स्थापित गर्न आर्थिक प्याकेज को व्यवथा बजेटमा राखिनु पर्छ अथवा १० बर्षे नीतिगत योजना चलचित्र क्षेत्रका बिज्ञ तथा अग्रजहरु संग छलफल गरी बजेटमा समावेश गरिनु पर्छ भन्ने माग गरेका छन् ।

प्रतिक्रिया