बुधबार, वैशाख १२, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ साउन २४ गते १०:५५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया