नेपाल निर्माण व्यवसायी महासंघद्वारा बजेको स्वागत

नेपालखोज २०७८ जेठ १७ गते १८:५८

काठमाडौं । कोभिड–१९ को महामारीबीच जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले सकारात्मक भनेको छ ।

महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमार्फत् महासंघले लामो समयअघिदेखि उठाउँदै आएका केही महत्वपूर्ण मागहरू सम्बोधन भएको जनाए ।

महासंघले मागहरूको अक्षरस कार्यान्वयनका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराई निर्माण व्यवसायीहरूको तर्फबाट गर्नुपर्ने कार्यान्वयनका लागि समेत महासंघ पूर्ण प्रतिबद्धता रहेको भन्दै बजेटको स्वागत गरेको छ ।

निर्माण कार्यको म्याद थप आंशिक रुपमा ६ महिना मात्र थप गरिने, बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गरिने, कोभिडका कारण म्याद थप गर्नुपर्ने बैक जमानत नवीकरणको कमिशन नलाग्ने, आयकर ऐन २०५८, मुल्य अभिबृद्धि कर ऐन, २०५२ र अन्तशुल्क ऐन, २०५८ बमोजिम २०७६ साल असार मसान्तसम्मको बक्यौता रहेको कर रकम र सोमा लागेको ब्याज रकम २०७८ पुष मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाह हुने लगायतका बुँदाहरू बजेटका सकारात्मक पक्ष भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया