काेराेनाबाट अर्थशास्त्री गोविन्द थापाको निधन
नेपालखोज
२०७८ जेठ १८ गते १०:४४

काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ ।
थापाको आज बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो ।
केहि दिन अघि कोरोना संक्रमित भएका थापाको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
पोखरामा जन्मिएका थापाका श्रीमती, एक छोरा र एक छोरी छिन् ।
सम्बन्धित

प्रतिक्रिया