सोमबार, असार २३, २०८२

सुनको मूल्य बढ्यो, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ जेठ १८ गते १०:५७


काठमाडौं । नेपाली बजारमा आज सुन तीन सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया