चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल आइपुग्ने
नेपालखोज
२०७८ जेठ १८ गते ११:०७

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज खोप आज नेपाल आइपुग्दै छ ।
८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप तिब्बतबाट आज काठमाडौं आइपुग्ने जनाइएकाे छ ।
कार्यालयका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको विमान हिजाे चीन गएकाे थियाे । सो विमानले आज २ बजेसम्म ८ लाख खोप लिएर नेपाल आइपुग्ने जनाइएकाे छ ।
यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत भोलि ल्याइँनेछ ।
सम्बन्धित
प्रतिक्रिया