प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि संवैधानिक इजलासलाई निरन्तरता

नेपालखोज २०७८ जेठ १८ गते ११:२५

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि संवैधानिक इजलासलाई निरन्तरता दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित न्यायाधीशहरू दिपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

पछिल्लो प्रतिनिधिसभा विघटनको मुद्दाको प्रारम्भिक दुई दिन यिनै न्यायाधीश सम्मिलित संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया