शुक्रबार, वैशाख १४, २०८१

हास्य कलाकार श्रेष्ठकाे प्रश्न- जनता नै भएन भने कसलाई शासन गर्ने ?

नेपालखोज २०७८ जेठ १८ गते ११:५५

काठमाडाैं । हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले सरकारलाई कोरोनालाई पहिलो प्राथमिकतामा राखी सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई ज्यान बचाउन सुझाव दिएका छन् । मदनकृष्णले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’ उनले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो । बेला बेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’

उनले सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले आफूले कोरोनालाई जित्न सकेको बताएका छन् ।

प्रतिक्रिया