सोमबार, वैशाख ३१, २०८१

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालखोज २०७९ कार्तिक १८ गते १०:३७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ सय 2५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया