शुक्रबार, जेठ ४, २०८१

भेरियन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय

नेपालखोज २०७८ जेठ १८ गते १३:०९

काठमाडाैं । कोरोना भाइरसका नयाँ-नयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने बीबीसीले जनाएकाे छ ।

बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्ल्यूएचओले जनाएको छ ।

चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्ल्यूएचओले जनाएको छ ।

भेरियन्टका नामहरुको पूर्णसूची डब्ल्यूएचओले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खन्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ । भारतमा देखिएको डेल्टा भेरियन्ट बेलायतमा देखिएको भेरियन्टभन्दा चाँडो फैलने पाइएको छ ।

प्रतिक्रिया