विवेकशीलका नेता उज्ज्वल थापाको निधन
नेपालखोज
२०७८ जेठ १८ गते १३:२५

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।
कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।
मेडिसिटी अस्पताल स्रोतले भन्यो, ‘अस्पतालबाट आधिकारिक सूचना नल्याइए पनि उहाँको निधन भएकै हो ।’
सम्बन्धित

प्रतिक्रिया