शुक्रबार, जेठ ४, २०८१

बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी

नेपालखोज २०७८ जेठ १८ गते १५:०१

काठमाडौं । बेलायतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने वैज्ञानिकले चेतावनी दिएका छन् । बेलायत सरकारका सल्लाहकारसमेत रहेका वैज्ञानिक रवि गुप्ताले यस्तो चेतावनी दिएका हुन् ।

क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापकसमेत रहेका उनले बेलायत सरकारलाई पछिल्लो पटक यससँग सम्बन्धित ३ हजार ३ सय ८३ जना नयाँ संक्रमित भेटिएको भन्दै संभावित संकटबारे सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

तेस्रो लहर निम्त्याउन सक्ने कोरोनाका बेलायती भेरियन्टहरू परिवर्तन हुने क्रम जारी नै रहेकोले अवस्था खराब हुनसक्ने गुप्ताले बताए । उनका अनुसार हाल बेलायतमा देखा परिरहेका संक्रमितहरूको संख्या थोरै भएपनि ती संक्रमितहरूलाई भारतीय प्रजातिका संक्रमितहरूका कारणले बल पुग्नेछ ।

जसकारण बेलायतमा कोभिडको तेस्रो लहरको सुरूवात हुन सक्ने अवस्था रहेको छ, उनले भनेका छन् । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड-१९ को भेरियन्टलाई निकै खतरनाक भनिएको छ ।

प्रतिक्रिया