बिहीबार, वैशाख १३, २०८१

बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजयसहित ११ जना पक्राउ

नेपालखोज २०७६ असोज ५ गते १२:४९

५ असोज, काठमाडौँ ।  बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जना कर्मचारी पक्राउ परेका  छन् । उनीहरूलाई बैंकिङ्ग कसुरको मुद्धामा पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीका प्रवक्ता बेलप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार उनीहरूमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।

ऋण प्रवाहमा संलग्न बिचौलिया र भ्यालुएटर भने फरार छन् । झापाको बिरिग खोला बगरको जग्गालाई धितोमानी ऋण प्रवाह गरेको र अन्य जग्गाहरूको हकमा पनि ऋण प्रवाह गर्दा कम मूल्याङ्कन गरेको भेटिएपछि ऋणी, बैंकका सीईओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न शुरू गरिएको हो । पूर्व सिईओसँगै बैंकको वहालवाला तीनजना कर्मचारी पनि पक्राउ परेका छन् ।

श्रेष्ठको बिगतको छवि अत्यन्त सकारात्मक भन्दै बैंक अफ काठमाण्डूका वर्तमान सिइओ सोहनदेव पन्त सहितको टोलीले श्रेष्ठलाई नियन्त्रणमा नलिई अनुसन्धान गर्न आग्रह गरेका थिए । तर, प्रहरीले हिरासत मै राखेर अनुसन्धानको प्रकृया अगाडि बढाएको छ ।

प्रतिक्रिया