चट्याङ लागेर एक बालकको मृत्यु
नेपालखोज
२०७८ जेठ १८ गते १८:२८

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । आज अपराह्न परेको चट्याङले बडिगाड-५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सुवासको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया