विभिन्न कलाकारले यसरी सम्झिए उज्ज्वललाई !

नेपालखोज २०७८ जेठ १८ गते २१:५२

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वलबहादुर थापालाई विभिन्न कलाकारहरुले पनि सम्झिएका छन् । थापालाई समाजिक सञ्जालमार्फत कलाकारहरुले सम्झिएका हुन् । ४४ वर्षीय थापाको मंगलबार मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यसरी सम्झिएका छन् कलाकारले थापालाई
प्रमोद खरेल, गायक
निशब्द बनाएर ‘अस्तायो उज्ज्वल भविष्य’ वैकुण्ठ मा वास होस

हेमन्त शर्मा, गायक
निकै दुख: लाग्यो, आश लाग्दा युवा नेता उज्जवल थापा रहनुभएनछ। भावपूर्ण श्रद्धाञ्जली !

राजेश केशी, फलानाे (कार्टुनिस्ट)
‘केही गरौं’ – उज्वल भन्ने गर्थे। भन्न नथाक्ने, भन्न नछोड्ने। जति लामो कुराकानी भएपनि अन्तिममा भनी हाल्ने ‘केही गरौं त’। हरेस् पनि नखाने। थोरै बोल्ने धेरै सुन्ने खुवि। न त घृणामा आत्तिने, न त मायामा मात्तिने।

सिताराम कट्टेल, कलाकार
निशब्द ! सु-सस्कृत, ईमान्दार र प्रेरणादायी देशको एउटा उज्ज्वल नक्षत्र अस्ताएको छ ! भावपुर्ण श्रदान्जली !!

हरिवंश आचार्य, कलाकार
विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापाज्युप्रति भावपूर्ण श्रद्धाञ्जली !

आलोक श्री, संगितकार
जे नहुनु थियोे त्यहि भइदियो ।एउटा आशाको दियो त्यहि पनि निभि दियो स शरीर त न होला तपाईंले छोडेको विचार, नेपाल र नेपालीको भविस्य, सम्मुन्नत नेपालको आशा अनि भरोसा पुरा गर्ने कर्तव्य निष्ठाका धरोहरलाई हार्दिक श्रद्धाञ्जली ।

मनाेज गजुरेल, कलाकार
उज्वलजी, हजारौं कामना, लाखौं प्रार्थनाका बाबजुद भौतिक शरीर छोड्नु भयो । तर, तपाईंले नेपाली राजनितिमा सल्काएको ‘ईमानदारिता र त्याग’को दियो सधैं बलि रहनेछ ! हार्दिक श्रद्धाञ्जली ।

शंजय श्रेष्ठ, गायक
देशको लागि केही राम्रो गरौं भन्ने सोच र अठोट बोकेका बिबेकशिल साझा पार्टीका होनहार युवा नेता उज्ज्वल थापाको आज दु:खद अनि असामयिक अवसान भएको छ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु ।

वर्षा शिवाकोटी, नायिका
देशको एउटा उज्ज्वल नक्षत्र अस्ताएको छ !! उज्वल थापा ज्यु को उत्प्रेरणा तथा सहयोग लाइ लामो समयसम्म इतिहासले सकारात्मक किसिमले पक्कै पनि मूल्याङ्कन गर्नेछ । भावपुर्ण श्रदान्जली !!

जितु नेपाल, मुन्द्रे
विवेकशील साझा पार्टी का संस्थापक अध्यक्ष उज्वल थापा हामीबीच रहेनन ! दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ परिजनमा गहिरो समवेदना व्यक्त गर्दछु !

महेशबिक्रम शाह, साहित्यकार
जीवन छोटो बाँच्यौ तर असल मान्छेका रुपमा सार्थक जीवन बाँच्यौ । देश र नागरिकप्रतिको तिम्रो निस्वार्थ सेवाभाव सधैं स्मरणीय रहनेछ । विवेकशील साझा पार्टीका नेता स्वर्गीय उज्ज्वल थापामा हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया