शुक्रबार, जेठ ४, २०८१

मुगुमा पहिलो पटक कोरोना संक्रमितकोे मृत्यु

नेपालखोज २०७८ जेठ १९ गते ७:२३

मुगु । कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिएका छन् । उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा मंगलबार बाटोमै मृत्यु भएको थियो ।

एकहप्तादेखि बिरामी हुँदा पनि उनले अस्पतालमा जान मानेका थिएनन् । बरु घरमै जडिबुटी सेवन गरिरहेका थिए । बृद्धको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए ।

गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन । हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया