आइतबार, असार २२, २०८२

देउवा र नेपालबीच सैद्धान्तिक छलफल

नेपालखोज २०७८ वैशाख २३ गते २०:४६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन् । उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो ।

देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका नेपालले विहीबार देउवासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया