चीनले दिएको खोप ६० देखि ६४ वर्ष उमेरकालाई २५ गतेबाट लगाइने
नेपालखोज
२०७८ जेठ १९ गते ८:२३

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप यहि जेठ २५ गतेबाट लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले चीनले दिएको १० लाख डोज चिनियाँ खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई जेठ २५ गतेबाट लगाउने निर्णय गरेको हो ।
यो उमेर समूहका नागरिक करिब साढे ८ लाख रहेको अनुमान मन्त्रालयको छ ।
चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये ९ लाख खोप नेपाल ल्याइसकिएको छ भने १ लाख खोप भोलि ल्याइँदै छ ।
सम्बन्धित

प्रतिक्रिया