नवलपुरमा रहेको चौधरी उद्योगमा आगलागी
नेपालखोज
२०७८ जेठ १९ गते ११:४८

नवलपरासी । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी)काे उद्योगमा आगलागी भएको छ ।
बुधबार बिहान साढे आठ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
आगो नियन्त्रणका लागि अहिले तीनवटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागी के कारणले भएको भन्ने कुराकाे अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया