नेपाल-कतार सातामा नियमित दुई उडान हुने

नेपालखोज २०७८ जेठ १९ गते १२:१८

काठमाडाैं । कतारबाट स्वदेश फर्किने नेपालीहरुका लागि आगामी जेठ २४ गतेदेखि सातामा दुई उडान नियमित हुने भएको छ ।

कतारस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गर्दै आगामी जेठ २४ गते अर्थात जुन ७ तारिखदेखि काठमाडाैं र दोहाबीच नियम उडान हुने जनाएको हाे ।

नेपाल एयरलाइन्स र कतार एयरवेजलाई साताको एक एक उडान सन्चालन गर्न अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप-महानिर्देशक राजकुमार क्षेत्रीले नेपालखाेजलाई जानकारी दिए ।

स्वदेश फिर्तिको पर्खाइमा रहेका नेपालीहरुले टिकट खरिद तथा अन्य जानकारीका लागि सम्बन्धित एअरलाईन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनिएकाे छ ।

प्रतिक्रिया