फ्रान्सबाट आएको कोरोनाविरूद्धकाे स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण
नेपालखोज
२०७८ जेठ १९ गते १२:३०

काठमाडाैं । फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्धकाे सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
फ्रान्सबाट आएको सात टन स्वास्थ्य नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्रीमा ५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास र १४ रेस्पिरेटर्स मास्क छ ।
सम्बन्धित
प्रतिक्रिया