शुक्रबार, जेठ ४, २०८१

स्वास्थ्य मन्त्रालयद्वारा कोराेनाका सङ्क्रमितको उपचारमा लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन

नेपालखोज २०७८ जेठ १९ गते १४:००

काठमामाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोराेनाका सङ्क्रमितको उपचारमा लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्वजनिक गर्न भनिएको बताएकाे छ ।

सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायद्वारा जारी सूचनामा सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ-आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिइएकाे छ ।

सूचनामा भनिएकाे छ, ‘बिरामीको उपचारबापत लाग्ने रकमबारे जानकारी पाउने प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानूनी एवम् नैतिक कर्तत्व हो ।’

प्रतिक्रिया