शुक्रबार, जेठ ४, २०८१

चीनकाे एक पुरूषमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि

नेपालखोज २०७८ जेठ १९ गते १४:४६

काठमाडाैं । चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको जनाइएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर H10N3 (एच१०एन३) नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएकाे जनाइएकाे छ । ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो ।

तर अहिले उनी निको भएर घर फर्किसकेको बताइएको छ । बर्ड फ्लूका अनेक प्रकार छन् । कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ । तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएन ।

बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो । त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको H10N3 प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो।

बेइजिङमा रहेको राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) ले मङ्गलवार बताएअनुसार सङ्क्रमण पुष्टि भएका ती व्यक्तिलाई गएको अप्रिल २८ मा भर्ना गरिएको र त्यसको एक महिनापछि उनमा बर्ड फ्लु गराउने भाइरसको एच१०एन३ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो ।    

प्रतिक्रिया