बिहीबार, वैशाख १३, २०८१

होचोदेखि अग्लो ठाउँका घरेलु उत्पादनको प्रदर्शनी

नेपालखोज २०७८ मंसिर १० गते १०:३५

पर्वत । पवर्तको मोदी गाउँपालिकामा उद्योग दिवसको अवसर पारेर स्थानीय घरेलु उत्पादनको प्रदर्शनी सुरु भएको छ । गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा अन्य उद्यमको प्रदर्शनी गरेको हो ।

यही मङ्सिर ९ देखि ११ गतेसम्म आयोजना गरिएको प्रदर्शनीमा विभिन्न २० भन्दा बढी कक्षमा स्थानीय उत्पादन, खानाका परिकार, घरबासको आतिथ्यता र स्थानीय संस्कृतिको पहिचानका सामग्री प्रदर्शनी राखिएको छ ।

पर्वतको सबैभन्दा धेरै घरबास सञ्चालन रहेको उक्त गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउरालीलगायतका स्थानबाट स्थानीय संस्कृतिसहितको घरबास झल्किने गरी खाना तथा परिकार प्रदर्शनीस्थलमा राखिएको हो । उच्च भूभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्री प्रदर्शनीमा आकर्षणका रूपमा राखिएको छ ।

प्रतिक्रिया