चौधरी उद्योग परिसरमा लागेकाे आगो नियन्त्रणमा
नेपालखोज
२०७८ जेठ १९ गते १५:००

नवलपरासी । पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेकाे चौधरी उद्योग परिसरमा लागेकाे आगो नियन्त्रणमा आएको छ । बुधवार बिहान साढे आठ बजेदेखि उद्योग परिसरभित्रको सीजी ब्रुअरीमा लागेको आगो झन्डै पाँच घण्टामा पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात वटा दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको हाे ।
आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेय पदार्थ, उत्पादनका लागि राखिएका कच्चा पदार्थ लगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएकाे छ । विद्युत् शर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया