चौबीस घण्टामा ७,२१९ जना डिस्चार्ज, ५,३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट आज १३ हजार ८ सय ५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार ५ सय २४ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ गरि कुल ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् । काठमाडौंका ९६९, ललितपुरका ३०६, भक्तपुरका १८१ जना हुन् । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आजको कोभिड १९ प्रेस ब्रिफिङमार्फत परीक्षण गरेको मध्ये सबैभन्दा धेरै संक्रमण कर्णाली प्रदेशमा भेटिएको जानकारी दिएका छन् ।
आज देशभर संक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ जना छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ८ सय ६२ जना र होम आइसोलेसनमा ९५ हजार १ सय ३१ जना रहेका छन् । आज ८३७ जना संस्थागत क्वारेन्टाइनमा छन् । कोरोनाबाट गम्भिर बनेका १ हजार ४४६ जना आइसीयुमा ३८५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यस्तै २४ घण्टामा १ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया