शुक्रबार, जेठ ४, २०८१

थप ५ हजार ३१६ जना संक्रमित, ७,२१९ संक्रमण मुक्त

नेपालखोज २०७८ जेठ १९ गते १६:३१

काठमाडौं । नेपालमा आज ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ हजार ८०५ नमुनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५२४ जना ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् । काठमाडौंका ९६९, ललितपुरका ३०६, भक्तपुरका १८१ जना हुन् ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आजको कोभिड १९ प्रेस ब्रिफिङमार्फत परीक्षण गरेको मध्ये सबैभन्दा धेरै संक्रमण कर्णाली प्रदेशमा भेटिएको जानकारी दिएका छन् ।

यही अवधिमा १०१ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमण मुक्त भएका उहाँले बताउनुभयो । आज संक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ जना रहेका छन् ।

जसमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ८६२ र होम आइसोलेसनमा ९५ हजार १३१ जना रहेका छन् । आज ८३७ जना संस्थागत क्वारेन्टाइनमा छन् । आज कोरोनाबाट गम्भिर बनेका १ हजार ४४६ जना आइसीयुमा ३८५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया