आशा लघुवित्तले छ महिनामा कमायो दुई करोड ३६ लाख रुपैंयाँ खुद मुनाफा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ३६ लाख २४ हजार तीन सय २८ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड २८ लाख ८३ हजार चार सय ८८ रुपैंयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड ३० लाख ४६ हजार दुई सय ८० रुपैंयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब ९८ करोड १८ लाख ६७ हजार एक सय २३ रुपैंयाँ निक्षेप संकलन गरी नौं अर्ब ८६ करोड २८ लाख २१ हजार पाँच सय १२ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३४ करोड एक लाख १२ हजार सात सय ११ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर सात दशमलव १२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ८० करोड ३५ लाख ७१ हजार छ सय ८० रुपैंयाँ निक्षेप संकलन गरी नौं अर्ब ५५ करोड ५८ लाख ७७ हजार सात सय २२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३४ लाख सात हजार नौं सय २९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७२ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया